Rule 22
उत्तरपुस्तिकाको सम्परीक्षण तथा पुनपरीक्षण
(१) आयोगले आवश्यक देखेमा नियम २० बमोजिम परीक्षण भएका उत्तरपुस्तिकामध्ये सबै वा केही उत्तरपुस्तिका सम्परीक्षण गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम उत्तरपुस्तिका सम्परीक्षण गर्दा कुनै विज्ञ वा दक्षले पालना गर्नु पर्ने शर्तहरु पालना गरेको नपाइएमा त्यस्ता विज्ञले परीक्षण गरेका उत्तरपुस्तिकाको पुनपरीक्षण गराईनेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि उत्तरपुस्तिकाको पुन परीक्षण गरिने छैन ।